एमालेका उम्मेदवारको आँगनमा फेला परेको सकेट बम निस्क्रिय « प्रशासन
Logo १२ चैत्र २०७९, आइतबार
   

एमालेका उम्मेदवारको आँगनमा फेला परेको सकेट बम निस्क्रिय


३१ बैशाख २०७४, आइतबार


भक्तपुर । नेकपा एमालेका तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ ।

आइतबार बिहान ५ बजे कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अवस्थामा गठ्ठाघरस्थित श्रेष्ठको घर अगाडि भेटिएको सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज) गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस