राप्रपा अध्यक्ष थापा र गृहराज्यमन्त्री बानियाँद्वारा मतदान « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

राप्रपा अध्यक्ष थापा र गृहराज्यमन्त्री बानियाँद्वारा मतदान


३१ बैशाख २०७४, आइतबार


हेटौँडा । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं. ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।

आइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा उनले मतदान गरे । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नयाँ संविधानले संरचना गरेको स्थानीय तहको निर्वाचनमा आफूले पनि २० वर्षपछि मतदान गर्न पाएकामा हर्ष व्यक्त गर्दै मतदाताले पनि राष्ट्रको स्थायी शान्ति र प्रजातन्त्र सुदृढीकरणका लागि मतदानमा भाग लिनुपर्ने धारणा राखे ।

यसैबीच गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नं. १८ दोभानचौरमा रहेको कमला निम्नमाध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आइतबार बिहान मतदान गरे ।

जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइरहेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस