एक सय पाँच र एक सय चार वर्षीय वृद्धद्वारा मतदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक सय पाँच र एक सय चार वर्षीय वृद्धद्वारा मतदान


३१ बैशाख २०७४, आइतबार


गोरखा । गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन् ।

उनले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गरेका निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिए । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ ।
त्यस्तै गैँडाकोट नगरपालिका वडा नं. ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु भएको छ ।

प्रदेश नं. ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गरेका हुन् । निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको मतदान अधिकृतले जानकारी दिएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस