उत्साहपूर्वक मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उत्साहपूर्वक मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह


३१ बैशाख २०७४, आइतबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आ–आफनो मतदान केन्द्रमा गई अमूल्य मतदान गर्ने कार्यमा सक्रिय सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् ।

स्थानीय तहको पहिलो चरणको आइतबार भइरहेको निर्वाचनका सन्दर्भमा दिएको शुभकामना सन्देशमा उनले मतदाताको उत्साहपूर्ण सहभागिता र सक्रिय सहयोगका लागि अपिल गरेका छन् ।

प्रमुख आयुक्त डा. यादवले भने– “सार्वभौमसत्ता सम्पन्न जनताले संविधानसभामार्फत बनाएको नेपालको संविधानले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेअनुरुप स्थानीय सरकार निर्माण गर्न स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन लागेको हो ।

मतदानमा सबैको सक्रिय सहभागितामार्फत जनमत अभिव्यक्त भई स्थानीयस्तरदेखि नै लोकतन्त्रको वास्तविक अभ्यास र सुदृढीकरण हुने अहम महत्वको ऐतिहासिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई उनले अनुरोध पनि गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस