यी मनका कुरा पुर्याइदिने संचार किन हुँदैन ?
के भन्छ मनले भने अनुसार किन हुँदैन ?
सानो घटना पनि मिडियामा आउँछ अचेल
प्रेम पुजारिलाइ सोध्ने पत्रकार किन हुँदैन ?
चोरी तस्करिमा यसयसपि नै समातिँदा
सुरुङ खन्ने ब्वासो माथी प्रहार किन हुदैन ?
पल्ला घरकी भाउजू अचेल बर्बराइरहन्छिन्
अरे दैब सोचेजस्तो घरबार किन हुँदैन ?
यो मानसपटलमा अचेल यहि कुरा घुमिरहन्छ
मानव जातिलाइ जति भएनी अपार किन हुदैन ?