सत्ताइस दलित घरले आधाआधा गाग्री पानी बाँड्छन् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सत्ताइस दलित घरले आधाआधा गाग्री पानी बाँड्छन्


२९ बैशाख २०७४, शुक्रबार


वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–११ प्रितिपका २७ दलित घरधुरीमा खानेपानीको समस्या रहेको छ । “पूरै दलित बस्ती रहेको यस ठाउँको मुख्य समस्या भनेको खानेपानीको हो”, स्थानीयवासी हरिलाल विकले भने, “लाइनमा बसेर जसोतसो पानी भर्छौं तर त्यो पर्याप्त छैन ।”

हामीलाई पिउने पानीको निक्कै समस्या छ भने गाईवस्तुलाई खुवाउन र नुहाई धुवाई गर्ने कुरा धेरै परको भो, विक बताउछन् । २७ घरधुरीको बीचमा एउटा धारा रहेको छ जहाँ पाँच किमी परबाट पाइपको मार्फतबाट पानी ल्याइएको छ । “गाउँमा पानीको अभाव भएपछि कुनै बेला हामीले आधाआधा गाग्री पानी पनि बाँडेर खानुपरेको अवस्था छ”, स्थानीयवासी लक्ष्मी विकले भनिन्, “के गर्नु पानीको प्यास मेटाउनै प¥यो १”

पानीको अभावमा त्यहाँका स्थानीय दलित समुदायले झन्डै एक घन्टाको पैदल दूरी हिँडेर पानी लिन जानुपर्ने बाध्यता छ भने त्यहाँ पनि पालो पर्खनुपर्दा समय निक्कै खर्चिनुपर्ने बाध्यता रहेको सुनाउछन्, स्थानीयवासी बाबुराम विक । उम्मेदवारहरु घरदैलो तथा भेटघाटमा पुगेका बेला स्थानीयवासीले दलित बस्तीमा मुख्यगरी पानीको समस्या रहेको बताउँदै यो समस्या समाधानमा लाग्न नेताहरुलाई आग्रह गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस