रात्रिबस पल्टिदा चालकको मृत्यु, आठजना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रात्रिबस पल्टिदा चालकको मृत्यु, आठजना घाइते


२९ बैशाख २०७४, शुक्रबार


बस दुर्घटना

दमौली । तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । उपचारका क्रममा उनको राति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुने शुक्लागण्डकी नपा–४ का ३० वर्षीय छिरिङ घलेलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

म्याग्दीको बेनीबाट काठमाडौँ जाँदै गरेको वा ३ ख ९६२६ नं.को बस दुर्घटनामा परेको हो । तीव्रगतिमा गुडेका कारण सो बस अनियन्त्रित भई बायाँ साइडको भित्तामा ठोक्किएर सडकमा पल्टिन पुगेको प्रहरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस