Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पहिलो चरणको निर्वाचनमा अवरोध गर्दैनौः महतो


२८ बैशाख २०७४, बिहिबार


काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले पहिलो चरणको स्थानीय निर्वाचनमा आफ्नो दलले अवरोध नगर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले बिहिबार आयोजना गरेको साक्षात्कारमा उनले लोकतन्त्रलाई संस्थागत र बलियो बनाउने प्रमुख आधार निर्वाचन भएकाले आफूहरु निर्वाचनको पक्षमा रहेको बताउँदै मुलुकमा आवधिक निर्वाचनको सुनिश्चितताका लागि सबै दलले निर्वाचनमा सहभागिता जनाउनुपर्ने विचार व्यक्त गरे ।

उनले आगामी जेठ ४ गतेसम्म संविधान संशोधन नभए राजपाले तराई–मधेसमा कुनै पनि निर्वाचन हुन नदिने बताउँदै राजपका नेता तथा कार्यकर्तालाई लगाइएका झुटा मुद्दा फिर्ता लिनाका साथै जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने माग गरे । उनले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुको सहमतिमा संशोधन प्रस्ताव अघि बढाए पनि अहिलेसम्म पारित नगराइएकामा दुःख व्यक्त गर्दै तोकिएको समयमा संविधान संशोधन नभए सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस