५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँखाको लेन्स उत्पादन गर्न सहमति

अ+ अ-

काठमाडौँ । उद्योग मन्त्रालयले तिलगङ्गा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्सको उत्पादन वृद्धि गर्न सघाउने भएको छ ।

मन्त्रालय र प्रतिष्ठानबीच बिहिबार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट सहसचिव पुरुषोत्तम नेपाल र प्रतिष्ठानका तर्फबाट आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा. सइन्द्र रुइतले बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिपत्रमा हस्ताक्षर गरिएपछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले लेन्सको अन्तर्राष्ट्रिय बजारमा माग देखिएकाले उत्पादन बढाउन सघाउनका लागि सहमति गरिएको जानकारी गराए । उनले लेन्सले राष्ट्रको प्रतिष्ठा बढ्नाका साथै वैदेशिक मुद्रा आर्जनमा समेत खेलेको भूमिकाको सराहना गर्दै लेन्स उद्योगलाई प्रवद्र्धन गर्न सघाउने बताए । “लेन्सको उत्पादनका लागि आवश्यक सहायक सामाग्री तथा कच्चा पदार्थ समेतको उत्पादन गर्ने तथा उद्योग स्थापनाका निमित्त सहजीकरण र समन्वय गर्ने हामीले तयारी गरेका छौँ”,उनले भने, “लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गर्ने छौँ ।”

सहमतिअनुसार नेपाल आँखा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको उद्योग मातहत रहेका सम्पूर्ण यान्त्रिक औजार, प्रविधि, सम्पत्ति तथा दायित्व र कर्मचारीलाई नयाँ स्थापित हुने उद्योगको मातहतमा ल्याउने तथा उद्योगबाट उत्पादित लेन्सको अन्तर्राष्ट्रिय प्रवद्र्धनका निमित्त आर्थिक कूटनीतिक माध्यमबाट आवश्यक सहकार्य गरिने छ ।

डा. रुइतले अन्तर्राष्ट्रिय बजारमा नेपाली लेन्सले गुणस्तरीय उत्पादनका रुपमा ख्याति कमाइसकेकाले मन्त्रालयले थप सहयोग गरी बढी लेन्स उत्पादन गरी विश्व बजारमा बेच्न सके यसले मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्न समेत सघाउ पुग्ने बताए । उनले प्रतिष्ठानबाट उत्पादित लेन्स वार्षिक पाँच लाख उत्पादनबाट रु १५ लाख बढ्ने जानकारी गराए । अहिले ४९ लाख लेन्स उत्पादन गरी १७ मुलुकमा निर्यात भई ५० भन्दा बढी मुलुकमा वितरण गरिएको जनाइएको छ । रास

प्रतिक्रिया दिनुहोस