जिप दुर्घटनामा १२ घाइते « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

जिप दुर्घटनामा १२ घाइते


२८ बैशाख २०७४, बिहिबार


बस दुर्घटना

चौतारा । चुनाव प्रचारमा गएको राप्रपा कार्यकर्ता सवार बा १६ च ५२७१ नं.को जिप सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बुधबार बेलुका भएको सो दुर्घटनामा ६ जनालाई उपचारका लागि राजधानी लगिएकोमा चारजना डिस्चार्ज भएको र अन्य दुईजना त्रिविवि शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले बताए ।

दुर्घटनामा पाँचपोखरी थाङपाल गाउँपालिका–८ निवासी दलित महिला सदस्य उम्मेदवार अम्बिका परियार र ७० वर्षीय नर्वे तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस