देशको समृद्धिका लागि मतदानः महामन्त्री कोइराला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देशको समृद्धिका लागि मतदानः महामन्त्री कोइराला


२८ बैशाख २०७४, बिहिबार


नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहेका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा सम्बोधन गर्दै यस्तो विचार राखेका हुन् । सो अवसरमा कोइरालाले नेपाली काँग्रेसको विजय सुनिश्चित भइसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे ।

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसलाई अब सो संविधानको उचित कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमार्फत सोको जिम्मेबारी नेपाली जनतामार्फत नेपाली काँग्रेसको काँधमा आउने विचार राखे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस