निर्वाचनपछि देश समृद्धिको बाटोमाः डा. रिजाल « प्रशासन
Logo ११ चैत्र २०७९, शनिबार
   

निर्वाचनपछि देश समृद्धिको बाटोमाः डा. रिजाल


२८ बैशाख २०७४, बिहिबार


गोरखा । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनपछि देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन् ।

गोरखाको भीमसेन गाउँपालिकाको बगुवास्थित लामाचौरमा बुधबार भएको चुनावी सभामा बोल्दै रिजालले निर्वाचनपछि जनताले आफूले चुनेका जनप्रतिनिधिहरु पाउने बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले काँग्रेसकै नेतृत्व र पहलमा गाउँसम्म सडक निर्माणदेखि बूढीगण्डकी जलविद्युत् आयोजनालगायतका ठूला विकास योजनाका काम सुरु भएको बताए ।

पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संविधानलाई अक्षरशः पालना तथा कार्यान्वयन गर्ने हो भने काँग्रेसको नेतृत्व आवश्यक पर्ने जिकिर गरे ।

कार्यक्रममा भीमसेन गाउँपालिकामा काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार ईश्वर पाण्डे, उपप्रमुखका उम्मेदवार बिनु वाग्ले, प्रचारप्रसार समितिका संयोजक ठाकुरप्रसाद पुडासैनी, नेविसङ्घका सहमहामन्त्री प्रेमराज जोशीले काँग्रेसको नेतृत्वले मात्र विकास निर्माण अघि बढने दाबी गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस