सोनिया गान्धी अस्पताल भर्ना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सोनिया गान्धी अस्पताल भर्ना


२७ बैशाख २०७४, बुधबार


काठमाडौं । भारतीय कंग्रेस नेतृ सोनिया गान्धी विषाक्त आहार (फुड प्वाइजन) पर्नाले बिरामी भएकी छिन् । उनलाई नयाँ दिल्लीस्थित सर गंगाराम अस्पताल भर्ना गरिएको छ ।

डाक्टरहरूले उनको स्वास्थ्य स्थिति पहिलेभन्दा धेरै सुध्रिएको बताएका छन् । दैनिक भास्करका अनुसार उनी अस्पतालबाट छिटै डिस्चार्ज हुँदैछिन् ।

विषाक्त आहारका कारण उनलाई पेट दुख्ने र वमन हुने भएको थियो । समाचारमा सोनियाको स्वास्थ्य धेरै दिनदेखि बिग्रेको बताइन्छ । उनले कमजोर स्वास्थ्यकै कारण उत्तर प्रदेशको निर्वाचन अभियानमा समेत भाग लिइनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस