निर्वाचनको मिति तलमाथि गर्न नहुने– प्रमुख निर्वाचन आयुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचनको मिति तलमाथि गर्न नहुने– प्रमुख निर्वाचन आयुक्त


२७ बैशाख २०७४, बुधबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले दोस्रो चरणको निर्वाचनको मिति बजेटअघि नै गर्ने कुरा चलिरहेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिए ।

उनले सरकार परिवर्तनमा आयोगले हस्तक्षेप नगर्ने र बजेट ल्याउन नरोक्ने स्पष्ट पारे । ‘‘बजेट ल्याउन मिल्छ, तर आचारसंहिता अनुकूल हुनुपर्छ’’ उनको भनाइ छ ।

मुलुकलाई सङ्क्रमणकालबाट मुक्त गर्न निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले चुनाव गराउनुपर्ने मूल कामबाट कोही पनि विमुख हुन नहुने धारणा राखे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस