सङ्घीय गठबन्धनका विरोध कार्यक्रम सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सङ्घीय गठबन्धनका विरोध कार्यक्रम सार्वजनिक


२७ बैशाख २०७४, बुधबार


काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितको सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दबाव स्वरुप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

बिजुलीबजारस्थित राजपाको केन्द्रीय कार्यालयमा आज बसेको सङ्घीय गठबन्धनको बैठकले वैशाख २९ र जेठ १ गते विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

राजपाका नेता केशव झाका अनुसार वैशाख २९ गते प्रदेश नं। १, २, ५ र ७ का सबै जिल्ला सदरमुकाममा विरोध सभा र १ गते मोटरसाइकल ¥याली गरिनेछ ।

परिमार्जनसहित संविधान संशोधनलाई दबाब दिन विरोधका कार्यक्रम ल्याइएको गठबन्धनले जनाएको छ । आगामी संसदको बैठकबाट संशोधन प्रक्रिया अघि नबढाइए थप विरोधका कार्यक्रम सार्वजनिक गरिने नेता झाले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस