वडा सदस्यका उम्मेदवारको चट्याङ लागेर मृत्यु « प्रशासन
Logo ११ चैत्र २०७९, शनिबार
   

वडा सदस्यका उम्मेदवारको चट्याङ लागेर मृत्यु


२६ बैशाख २०७४, मंगलबार


चितवन । कालिका नगरपालिका– ११ खोलागाउँका नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडा सदस्यका उम्मेदवारको आज बिहान चट्याङका कारण मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ३९ वर्षीय सिफल प्रजाको चट्याङले मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान ३ः३० बजे चट्याङ परेका बेला बेहोस भएका प्रजालाई उपचारका लागि बिहान ६ बजे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा ल्याउँदै गर्दा बाटामा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नजिकै चट्याङ परेपछि हृदयाघात भएर प्रजाको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको शरीरमा कुनै चोटपटक नभेटिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस