चट्याङ लागेर दुईको मृत्यु « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

चट्याङ लागेर दुईको मृत्यु


२६ बैशाख २०७४, मंगलबार


उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हरबेनी बस्ने वर्ष ४७ का भेषबहादुर खत्रीको आज बिहान ९ बजे घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।

त्यसैगरी, कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने वर्ष ५५ का बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए ।

अहिले मृतकको शव लिन प्रहरी घटनास्थल पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस