एक सचिवका लागि तीनजनाको सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एक सचिवका लागि तीनजनाको सिफारिस


२६ बैशाख २०७४, मंगलबार


प्राविधिक तर्फको रिक्त एक सचिव पदमा तीन जना वरिष्ठ सहसचिवको सिफारिस गरिएको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको अध्यक्षतामा सोमवार वसेको सचिव वढुवा सिफारिस समितिको वैठकले प्राविधिक तर्फका वरिष्ठ सहसचिवहरु देवेन्द्र कार्की, विष्णुओम वादे र केशवध्वज अधिकारीलाई सचिवका लागि सिफारिस गरिएको हो ।

उनीहरुलाई कार्यसम्पादन मूल्याङ्कन र जेष्ठताका आधारमा सिफारिस गरिएको जनाइएको छ । शान्ति तथा पुनःर्निमाण मन्त्रालयका सचिव सुमन प्रसाद शर्मा सेवानिवृत्त भएपछि सो पद रिक्त रहदै आएको छ ।

आगाामी मन्त्रिपरिषद् वैठकले सिफारिस भएका तीन मध्ये एकलाई सचिवमा वढुवा गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस