गर्मीका कारण बिरामीको चापमा वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गर्मीका कारण बिरामीको चापमा वृद्धि


२६ बैशाख २०७४, मंगलबार


कैलाली । अत्यधिक गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पताललगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ ।

गर्मीका कारण विशेष गरी भाइरल ज्वरो सङ्क्रमित बिरामीको सङ्ख्या निक्कै बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, कमलपित्त, भाइरललगायतका समस्या भएका बिरामीको संख्या दिनहुँ बढ्ने गरेको सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले जानकारी दिए ।

उनले हाल दैनिक एकसय जनासम्म बिरामी उपचारका लागि अञ्चल अस्पताल आउने गरेको समेत बताएका छन् । अत्यधिक गर्मीसँगै सुक्खा पनि बढ्ने गरेकाले जहाँतहीँ धुलोधुवाँ मात्रा बढ्ने र पानीमा समेत त्यस्तो प्रदूषण मिसिने हुँदा सजिलै मौसमी रोग लाग्ने गरेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

गर्मीका कारण मानिसमा भाइरल ज्वरो, विषमज्वरो, कमलपित्त, झाडापखालालगायतका रोग बढी मात्रामा देखा पर्ने भएकाले यस्ता रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुका साथै उमालेको तथा क्लोरिन हालेको पानी मात्र पिउने र घरबाहिर जाँदा मास्कको प्रयोग गरिनु पर्नेमा इमर्जेन्सी वार्ड प्रमुख बोहराले सुझाव दिएका छन् ।

स्वास्थ्यकर्मीले मौसमी रोगबाट बच्न पिउने पानीको स्रोत नै सफा र शुद्ध हुनुपर्नेमा जोड दिएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस