नवनियुक्त उपप्रधान लगाएत तीन मन्त्रीद्धारा सपथ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नवनियुक्त उपप्रधान लगाएत तीन मन्त्रीद्धारा सपथ


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७४, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराएकीछिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उनलाईशपथ गराइएको हो ।

सदावहार मन्त्री गच्छदारसंगै नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सत्ता बाँडचुडी खाने कांग्रेस र माओबादी केन्द्रको सहमति अनुशार जेठको पहिलो साता काग्रेसको पालो आउँदैछ, २०४८ साल देखि आजसम्म आइपुग्दा १२ औं पटक मन्त्री र ४ पटक उपप्रधानमन्त्री भइ सकेका विजयकुमार गच्छदार दुइ साताका लागि भएपनि सत्तारोहरण गरेका छन् ।

शेरबहादुरको सरकारमा सिट सुरक्षित गर्नकै लागि दुइ साताका लागि पनि मन्त्री भएका गच्छदार पदसंगै मालदार मन्त्रालयका पनि पारखी नै हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस