उपेन्द्रलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन « प्रशासन
Logo १८ चैत्र २०७९, शनिबार
   

उपेन्द्रलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन


२४ बैशाख २०७४, आइतबार


काठमाडौँ । मधेसवादी दलहरू सम्मिलित सङ्घीय गठबन्धनले गठबन्धनका संयोजक तथा संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा सनिबार बेलुका बसेको गठबन्धनको बैठकले मधेसी समुदायको हितविपरीत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएको भन्दै संयोजक यादवलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन गरिएको राजपा नेपालका अध्यक्ष तथा गठबन्धनका नवनियुक्त संयोजक महन्थ ठाकुरद्वारा सनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस