सर्वोच्चको आदेशले द्वन्द्व बढ्न सक्छ –सरकारका प्रवक्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चको आदेशले द्वन्द्व बढ्न सक्छ –सरकारका प्रवक्ता


प्रशासन विशेष ब्युरो

२३ बैशाख २०७४, शनिबार


काठमाडौँ । सुरेन्द्रकुमार कार्कीले प्रधानन्यायाधीश सुशीला कार्कीका विषयमा आएको सर्वोच्च अदालतको निर्णय सुखद नभएको बताएका छन् ।

अदालतको निर्णयपछि आज पत्रकारको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने, “यो सुखद स्थिति हुँदै होइन तर सरकारले यस विषयमा कुनै आधिकारिक धारणा बनाइसकेको छैन ।”

उनलेव्यवस्थापिका–संसद्मा विचाराधीन विषयमा अदालतको त्यस्तो निर्णय आउनाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच द्वन्द्व बढ्ने चिन्ता व्यक्त गरे । व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश कार्की निलम्बित भएकी थिइन् ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैदेखि काम गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस