गजल « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

गजल


२२ बैशाख २०७४, शुक्रबार


कहिले बन्लान् घरहरु नजल्ने हाम्रो
कहिले बन्द होला पानी नचल्ने हाम्रो

अपमानित भै बाच्न बाध्य बनाइएका
बनिरा छैन सरकार हक नछल्ने हाम्रो

आगो नि सबलाई राप र ताप दिन्छ
तर किन भएको चुल्होमा नबल्ने हाम्रो

बगाएर नि पसिना अभाव छ अथाह
किन अनिश्चित भा गरीबी नढल्ने हाम्रो

भनिन्छ परिश्रमको फल मिठो हुन्छ
हलो जोतेर नि किन अन्न नफल्ने हाम्रो

प्रतिक्रिया दिनुहोस