गजल « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

गजल


२२ बैशाख २०७४, शुक्रबार


तिमी हिडेउ फुलको बदलामा तलवार लिएर
कसरी जितिन्छ त्यो मन यस्तो उपहार लिएर

जब पत्थर बनिदिन्छ मन आफ्नै मान्छेको
पराजित हुन्छन् प्रेमिहरु अथाह प्यार लिएर

भगवान के के पाईन्छ तिम्रा मन्दिरमा हेर्नु छ
आज म पनि आएकोछु खोक्रो निधार लिएर

ठुलो प्रलय आउछ कि रक्तपात हुनेछ देशमा
हिडेकोछ पागल प्रेमी हातमा हतियार लिएर

यसरी मालीबाट फुलहरुको मोलतोल गरिन्छ
आउछन् हरसाझ मान्छेहरू सय हजार लिएर

निमन्त्रणा छ आउनु होला टुक्रिएका मनहरु हो
मिलन निक्सिएको छ दिलहरुको ब्यापार लिएर

Tags :
प्रतिक्रिया दिनुहोस