गजल « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

गजल


२२ बैशाख २०७४, शुक्रबार


याद पनि ऊ जस्तै प्यारा बनायो
र मेरा पलपल अप्ठ्यारा बनायो

गुलाबले थानामा उजुरी दिएको छ
प्रेमले बुद्धलाई हत्यारा बनायो

आज उनिहरु खाँडीमा भेटिन्छन्
हिजो जसलाई पार्टीले नारा बनायो

बाटो हेर्दै बसेको बर्षौ भो सरकार
यता त्रिपाल मुनि मुसल्धारा बनायो

हिजो उत्पीडनका बिरुद्ध उठौं भन्नेले
रोल्पाहरु भन्छन् उल्टै सर्वहारा बनायो

Tags :
प्रतिक्रिया दिनुहोस