प्रधानमन्त्री कार्यालयको आपत्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री कार्यालयको आपत्ति


२२ बैशाख २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अदालतको आदेशपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफलमा भारतीय राजदूतसमेत सहभागी भएको भन्ने समाचार शतप्रतिशत गलत रहेको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिव एवम् प्रवक्ता दामोदर रेग्मीले शुक्रबार विज्ञप्ति प्रकाशन गरी विभिन्न सञ्चारमाध्यममा आएको उक्त समाचारमा सत्यता नभएको जानकारी दिए । नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरी हाल विशेष कामले भारतमा रहेको जनाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस