चौथो अन्तरविद्यालय कराते हुँने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चौथो अन्तरविद्यालय कराते हुँने


२२ बैशाख २०७४, शुक्रबार


काठमाडौं । अद्वितीय बोर्डिङ हाइ स्कुलको आयोजनामा चौथो अन्तरविद्यालय कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजिक विद्यालयका कराते प्रशिक्षक श्याम रोकाले जनाएका छन् । २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजक विद्यालयका प्रिन्सिपल भीमराज राईले जानकारी गराए । एकदिने प्रतियोगिताका खेलहरु बालाजुको खरिबोटस्थित आयोजककै हातामा हुनेछ । गत संस्करणमा सिद्धार्थ बनस्थलीले टिम च्याम्पियनको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस