राजनीतिक परिवर्तनका बाधक शाक्तिलाई परास्त गर्नुपर्छ- उपप्रधानमन्त्री निधी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राजनीतिक परिवर्तनका बाधक शाक्तिलाई परास्त गर्नुपर्छ- उपप्रधानमन्त्री निधी


२२ बैशाख २०७४, शुक्रबार


जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता र मधेसी जनताको अधिकार प्राप्तिको पक्षमा रहेका राजनीतिक दललाई मजबुत गर्न आग्रह गरेका छन् ।

जनकपुरधाममा शुक्रबार आयोजित महावीर युवा कमिटीको पद स्थापन समारोहमा उनले भने— “राजनीतिक परिवर्तनका बाधक शाक्तिलाई परास्त गर्नु आजको आवश्यकता हो ।”

उपप्रधानमन्त्री निधिले सङ्घीयताको संरचनाका बारेमा बहसको थालनी गर्नु पनि जरूरी भएको बताए ।

प्रादेशिक संरचना अन्तर्गत प्रदेश नम्बर– २ को आशाको केन्द्र जनकपुरधाम भएकाले यहाँ रहेका पूर्वाधारलाई सुरक्षित राख्नु आवश्यक भएको चर्चा गर्दे उनले जनकपुरधामलाई प्रदेशको राजधानी बनाउनेसन्दर्भमा यहाँका जनतामा संवेदनशीलता, संयम, धैर्य, शिष्टाचार र एक अर्कालाई सम्मान गर्ने व्यवहारको खाँचों औँल्याए ।

उपप्रधानमन्त्री निधीले माघ ७ गतेसम्म तीनै तहको निर्वाचन सम्पन्न नभएमा राष्ट्रमा जटिल राजनीतिक सङकट आउनसक्ने भएकाले संविधानमा भएका कमी कमजोरीलाई संशोधन गरी आमूलपरिवर्तनको मार्गतिर सबै उन्मुख हुनुपर्ने धारणा राखे ।

जनकपुरधामको माटोसमेत श्रद्धाको केन्द्र भएकाले जनकपुरधामको विकास अभियानमा कलह नगरी परस्परमा सहयोगी भई अग्रसर हुनु जरूरी छ उनले भने । रासस

प्रतिक्रिया दिनुहोस