राप्तीपारी हुलासपुर गाउँमा आगलागी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राप्तीपारी हुलासपुर गाउँमा आगलागी


२० बैशाख २०७४, बुधबार


बाँके । बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहिया हुलासपुर गाउँमा बुधबार दिउँसो भीषण आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अहिलेसम्म ३० वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीयवासी र प्रहरीको सयुंक्त पहलमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको जनाइएको छ । आगलागीको कारण र क्षति विवरण आउन बाँकी रहेको छ । गर्मी मौसम सुरु हुने वित्तिकै आगलागीका घटनामा वृद्धि भएको छ । रासस

प्रतिक्रिया दिनुहोस