मनाङका केही वडामा काँग्रेस निर्विरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मनाङका केही वडामा काँग्रेस निर्विरोध


प्रशासन विशेष ब्युरो

१९ बैशाख २०७४, मंगलबार


मनाङ । नारफु गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन्।

नारफुको तीनवटाका सबै पदहरु सो पार्टीका उम्मेदवार र्निविरोध भएका छन् । वडा नं १ को रिटर छोर्टेन लामा, २ मा मिङ्मर फुन्चो घले र ३ मा तेरिज ढोकी लामालगायत सदस्यहरु र्निविरोध निर्वाचित भएका हुन् ।

त्यस्तै काँग्रेसका तर्फबाट नासोङ गाउँपालिकाका वडा नं ४ मा अध्यक्षमा हुपजङ गुरुङ, वडा नं ६ मा ङिङमा अमेल पोतेल र वडा नं ७ मा धनबहादुर गुरुङलगायत अन्य सदस्यहरु र्निविरोध भएका छन् ।

नेपाली काँग्रेसले चामे गाउँपालिकाको प्रमुखमा महिला उम्मेदवारका रुपमा अनिता लामालाई चुनावी मैदानमा उतारेको छ भने उपप्रमुखमा मुनेन्द्रजङ्ग गुरुङलाई अघि सारेको छ ।

नेस्याङ गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा विनोद गुरुङ, उपप्रमुखमा छिरिङ ओङमा गुरुङ घले, नासों गाउँपालिकामा प्रमुखमा चन्द्र घले, उपप्रमुखमा कमलमाया गुरुङ रहेका छन् ।

यता नेकपा(एमाले) ले चामेमा लोकेन्द्र घलेलाई प्रमुखमा उठाएको छ भने नेस्याङबाट कान्छा गुरुङलाई प्रमुख र मिङ्खु गुरुङलाई उपप्रमुखमा अघि सारेको छ । एमालेले नासो गाउँपालिका प्रमुखमा मनबहादुर गुरुङलाई उठाएको छ ।

यस्तै माओवादी केन्द्रका तर्फबाट नेस्याङको प्रमुखमा याङडुङ गुरुङ, चामेको उपप्रमुखमा पासाङ विष्ट र नासोमा वेदबहादुर गुरुङलाई प्रमुखमा उठाएको छ । उता राप्रपाले नासोमा रामकृष्ण गुरुङलाई प्रमुखमा उठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस