तिनवटै प्रदेशमा एमालेको मनोनयन दर्ता सम्पन्न « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तिनवटै प्रदेशमा एमालेको मनोनयन दर्ता सम्पन्न


१९ बैशाख २०७४, मंगलबार


काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार प्रदेश नम्बर ३, ४ र ६ मा पार्टीका तर्फबाट उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्ने काम सम्पन्न भएको जनाएको छ ।

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा मनोनयन पत्र दर्ता भएका ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी २८३ वटै तहका सबै वडामा पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गरेको उल्लेख छ ।

स्थानीय आवश्यकतालाई हेरी चुनावी तालमेल गर्न सक्ने केन्द्रीय परिपत्रअनुसार कतिपय ठाउँमा अन्य राजनीतिक दलहरुसँग तालमेल पनि भएको जनाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस