परीक्षा नियन्त्रक छानबिनमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

परीक्षा नियन्त्रक छानबिनमा


१८ बैशाख २०७४, सोमबार


काठमाडौँ । कक्षा १२ को परीक्षासम्बन्धी लापरबाही, अनियमितता र प्रश्नपत्र अभावका सम्बन्धमा शिक्षा मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले सोमबार सम्बन्धित कर्मचारीसँग बयान लिएको छ ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा गठित सो समितिले आजबाट ती लापरबाही र अनियमिततामा संलग्न भएको आरोपमा राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कर्मचारीसँग बयान लिन सुरु गरेको हो । सो प्रकरणमा परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बन गरी उपनियन्त्रक जयन्ती सत्याललाई निमित्तको जिम्मेवारी दिइएको छ ।

यही वैशाख १० गतेबाट सुरु भएको सो परीक्षाका कतिपय विषयका प्रश्नपत्रमा सन्दर्भ नमिल्ने प्रश्नहरु समावेश भएको र कतिपय केन्द्रमा प्रश्नपत्र अभाव पाइएको थियो । संयोजक लम्सालले समितिले यही वैशाख २० गते शिक्षामन्त्रीलाई प्रतिवेदन बुझाउने गरी काम गरेको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस