जगतकी जन्म जननी ममताकी खानी तिमी
गर्भमा राख्यौ नौ महिना त्यसैले रानी तिमी
चुसायौ स्तन कैयौं रात जागा बसेरै भएपनि
रिसाएर सन्तान आगो हुँदा भयौ पानी तिमी
काखको बालक रोयो भने रुन्थ्यौ आफुपनि
तोते बोली फट्कार्न उसंगै भयौ सानी तिमी
न सोच्यौ कहिल्यै कु–भलो न लग्यौ कु–बाटो
संस्कार र सुमार्ग डोर्याउने हौ ज्ञानी तिमी
पिठ्युँमा बोकेर सबै कार्य गर्यौ नमानी झर्को
बिना स्वार्थ लालाबालाको लागि जानी तिमी