बेरोजगार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बेरोजगार


१५ बैशाख २०७४, शुक्रबार


जीवनको यात्रामा निराश भएका योद्धाहरु सुन
सडकमा बिना लक्ष्य हल्लिरहने बेरोजगारहरु सुन

अँध्यारोबाट निस्किनको लागि कुनै कर्म त गर
आफ्नो स्थितिलाई हेरेर कुनै लज्जा त महसुस गर

कहिलेसम्म गाली गरिरहने सरकारको
देखेर पनि नदेखेको जस्तो गर्ने संसारको तिरस्कारको

यस्तो दुर्भाग्यपूर्ण जिन्दगीबाट निक्लिने प्रयत्न त गर
आफ्नो मुटुको धड्कन सुन्ने प्रयास त गर

तिम्रो जनको साथ आएको बाबु आमाको सपना त हेर
उनीहरुको सपना साकार पार्ने प्रयत्न त गर

माटो हुन्छ सुन तिमी स्पर्स त गर
लक्ष्यले तिमीलाई पर्खिरहेको छ, तिमी संघर्ष त गर

आफ्नो सपनालाई आँखामा स्थान त देउ
सम्हालिन्छ तिम्रो पाउ पहिले सतह त देउ ।

Tags :
प्रतिक्रिया दिनुहोस