गजल « प्रशासन
Logo ७ चैत्र २०७९, मंगलबार
   

गजल


१५ बैशाख २०७४, शुक्रबार


बाटो हेर्दै होलान् चाउरिएका औला बा ले पात्रोमा राखेर
आमाले नि आँसु संगाल्दिहुन् हर साँझ मझेत्रोमा राखेर

साहुले दिनदिनै करकर गरे होलान् घरमा आएर पक्कै
आएको थिए खेतबारी सबै बन्धक त्यत्रोमा राखेर

सोचे झैं कमाई भएन खाली हात फर्किन यो मनले मानेन
छिमेकी भन्छन् बाहिर बसेकोछ बा आमालाई झुप्रोमा राखेर

अलिकति पैसा जम्मा गरेर फर्किन्छु भन्दाभन्दै आज
हिडेको बर्षौ भएछ बुढाबुढीलाई त्यो घर थोत्रोमा राखेर

सकुशल फर्के, आउँछु घर बनाउँछु चारधाम घुमाउँछु बा
आएनछु भने समसान पुर्याउनु मलाई कात्रोमा राखेर

Tags :
प्रतिक्रिया दिनुहोस