बम विस्फोटमा परि पाकिस्तानमा नौ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बम विस्फोटमा परि पाकिस्तानमा नौ जनाको मृत्यु


प्रशासन संवाददाता

१२ बैशाख २०७४, मंगलबार


पाकिस्तान(एजेन्सी) । अफगानिस्तानको सीमाक्षेत्रमा रहेको पाकिस्तानको उत्तरपश्चिम आदीवासी जिल्ला कुर्रम सडक किनारमा राखिएको बम एक यात्रुवाहक बससँग ठोक्किँदा कम्तीका नौ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी अन्य १३ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।

बम विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएका छैनन् । तर यस प्रकारको आक्रमणमा बारम्बार पाकिस्तान तालिवान आतङ्ककारी समूहको हात रहने गरेको हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीको अनुमान रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस