द्वन्द्व प्रभावित देशका दुई करोड ५० लाख बालबिलिका विद्यालय जानबाट वञ्चित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

द्वन्द्व प्रभावित देशका दुई करोड ५० लाख बालबिलिका विद्यालय जानबाट वञ्चित


प्रशासन संवाददाता

१२ बैशाख २०७४, मंगलबार


संयुक्त राष्ट्रसङ्घ(एजेन्सी) । द्वन्द्वले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।
राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सार्वजनिक गरेको प्रतिवेदनमा ६ देखि १५ बर्ष उमेर समूहका दूई करोड ५० लाख बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित भएका उल्लेख छ ।

विभिन्न द्धन्द्धको चपेटामा परिरहेका विश्व २२ देशका ६ देखि १५ बर्ष उमेर समूहका २२ प्रतिशत बालबालिकाहरुको यस प्रकार विद्यालय जानबाट वञ्चित रहेका पनि युनिसेफले जानकारी दिएको छ ।
त्यसैगरी विद्यालय जान नपाएका प्राथमिक विद्यालय तहमा बालबालिकाहरुको सवै भन्दा धेरैसङ्ख्या दक्षिणी सुडानमा रहेका छन त्यहाँ झण्डै ७२ प्रतिशत बालबालिकाले विद्यालय शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित रहेका युनिसेफको तथ्याङ्क रहेको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेर्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले दक्षिण सुडानलाई चाड र अफगानिस्तानले पछ्याईरहेका बताएका छन् ।
उनले दक्षिण सुडान, चाड र अफगानिस्तानमा विद्यालय नजाने बालिकाहरुको सङ्ख्या अझ डरलाग्दो गरी भएको पनि जानकारी दिए ।

निम्नमाध्यामिक विद्यालय तहमा विद्यालय नजाने बालबालिकाहरुको सङ्ख्या भने सवै भन्दा धेरै नाइजरमा देखिएको छ । दोस्रोमा दक्षिण सुडान र तेस्रोमा मध्य अफ्रिका रहेको प्रवक्ता स्टेफनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस