२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन अर्ब ३५ करोड भन्दा बढी राजस्व संकलन

अ+ अ-

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब तीन अर्ब ३५ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार गत आवको ९ महिनामा करिब सात अर्ब ७१ करोड राजस्व सङ्कलन भएकामा चालु आर्थिक बर्षको नौ महिनामा करिब ११ अर्ब छ करोड राजस्व सङ्कलन भएको हो ।

गत आव २०७२/७३ को चैत मसान्तसम्ममा भने विभागले दिएको लक्ष्यभन्दा कम मात्रामा राजस्व सङ्कलन भएको थियो । गत आवको चैतसम्ममा विभागले कार्यालयलाई करिब आठ अर्ब १७ करोड लक्ष्य तोकेको थियो । भूकम्प र नाकाबन्दीका कारण सो वर्ष लक्ष्यभन्दा कम करिब सात अर्ब ७१ करोड मात्र राजस्व सङ्कलन भएको थियो । त्यो दिइएको लक्ष्यको ९४ दशमलव ३८ प्रतिशत मात्र हुन आउँछ ।

यस्तै चैत महिनाका लागि मात्र करिब एक अर्ब २० करोड सङ्कलनका लागि लक्ष्य दिइएको थियो । सो समयमा करिब एक अर्ब २५ करो राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । चैत महिनामा मात्रै राजस्व सङ्कलनको दर बढी भए पनि वर्षभरि नै अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको कर अधिकृत निरौलाले जानकारी दिए ।

चालु आवको नौ महिनामा लक्ष्यभन्दा करिब ८८ करोड ७० लाख बढी राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार विभागले कार्यालयलाई चैत मसान्तसम्मका लागि करिब १० अर्ब १७ करोड लक्ष्य तोकेको थियो । सो लक्ष्यभन्दा बढी करिब ११ अर्ब छ करोड सङ्कलन गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पङ्गेनीले लक्ष्यभन्दा बढी राजस्व सङ्कलनका लागि उद्योगी व्यवसायीसँग गरिएको निरन्तर अन्तक्र्रियात्म, बजार अनुगमन, कर सचेतनाका कार्यक्रम, करदाता शिक्षा, करदाता स्वयम्को जागरुकता, कर्मचारीको निरन्तर कामप्रतिको लगाव मुख्य कारण बताए । सो कार्यालयले चितवन र नवलपरासीको दाउन्नेयताको भाग हेर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस