माछा मार्न जाँदा दुईको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माछा मार्न जाँदा दुईको मृत्यु


१० बैशाख २०७४, आइतबार


हेटौँडा । मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी–७, रमनटारका सीताराम विक र तुलाबहादुर पाख्रिन रहेको प्रहरीले बताएको छ । माछा मार्ने क्रममा शनिबार उनीहरुको डुबेर मृत्यु भएको थियो । शव निकाल्न साढे तीन घन्टा लागेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, मनहरीको टोली र स्थानीयवासी शव निकाल्ने प्रयासमा जुटेका थिए ।

दहमा एक्साभेटर प्रयोग गरी स्थानीयवासीले खोजतलास गर्दा दुवैजनाको शव भेटिएको थियोे । शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगेको प्रहरीले जानकारी दिएको छ ।

मनहरी–राप्ती खोलाको गहिरो दहमा माछा मार्न जाल हानेका विकले जाल तान्न नसकेपछि सँगै गएका पाख्रिनले सहयोग गर्ने क्रममा दुवैजना दहमा डुबेको पाखामा बसेका उनीहरुका साथी कृष्णबहादुर विकले बताए । रासस

प्रतिक्रिया दिनुहोस