३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगले गर्यो सञ्चारमाध्यम अनुगमनको तयारी

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आम सञ्चारमाध्यमको अनुगमन गर्ने तयारी गरेको छ ।

सधैँजसो यस वर्ष पनि निर्वाचनमा आम सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचारको अनुगमन आयोगले गर्न तयारी गरेको हो ।

आयोगले निर्वाचन आचारसहिंता २०७२ र स्थानीय तह आचारसहिंता २०७२ मा उल्लेख गरिएको सञ्चार आचारसहिंताविपरीत काम गरे/नगरेको बारे अनुगमन गर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराए ।

उनका अनुसार आमसञ्चार अनुगमनका लागि केही निकायलाई जिम्मा दिई अनुगमन गरिनेछ । अहिले निर्वाचनका लागि सञ्चार अनुगमनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्च्यिुटले प्रस्ताव पेस गरेका छन् ।

काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले आफूहरुले निर्वाचनमा अनुगमनका लागि प्रस्ताव पेस गरेको बताए । उनले आयोगसँग चार पटक बैठक बसे पनि आफूहरुलाई दिइने निर्णय भइनसकेको बताए ।

“हामी निर्वाचनमा आम सञ्चारमाध्यमको अनुगमन गर्ने तयारीमा छौँ” उनले भने– “तर आयोगले काउन्सिललाई दिने निर्णय नगरेकाले कहिलेदेखि गर्ने भन्नेमा टुङ्गो छैन ।”

काउन्सिलले पाँच विकास क्षेत्रमा वस्तुगत विधि र काठमाडौँका केन्द्रीय सञ्चारमाध्यमलाई विषयगत र वस्तुगत विधिबाट अनुगमन गर्नेछ । काउन्सिलले ७३ जना अनुगमनकर्तालाई निर्वाचन अनुगमन गर्न खटाउने योजना गरेको सूचना प्रविधि अधिकृत रामशरण बोहराले जानकारी दिए ।

वि.सं. २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा नेपाल प्रेस इस्च्यिुटले सञ्चारमाध्यमको अनुगमन गर्ने अवसरका पाएको थियो ।

आयोगले जारी गरेको आमसञ्चार आचारसहिंतामा राजनीतिक दल तथा उम्मेदवारलाई समान अवसर दिनुपर्ने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न वा गराउन नहुने, मौन अवधिमा विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचनसम्बन्धी शिक्षामूलक समाचार र सूचनालाई उच्च प्राथमिकता दिनुपर्ने, सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्षरुपमा सम्प्रेषण गर्नेजस्ता कुरा उल्लेख गरिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस