२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेतामाथि साङ्घातिक आक्रमण

अ+ अ-

बैतडी । बैतडीको मेलौली नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि साङ्घातिक कुटपिट भएको छ ।

गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतिहेका बेला गएराति ११ बजेतिर भट्टमाथि कुटपिट भएको नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।

कुटपिटबाट भट्टको शरीरभरी घाउचोट लागेको छ भने देब्रे घुँडाको पाङ्ग्रा फुटेर टुक्राटुक्रा हुनुका साथै, छाती र आँखामा चोट रहेको जिल्ला अस्पातल बैतडीले जनाएको छ । भट्टलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल बैतडीका डा. प्रनाम जैरुले जानकारी दिए ।

भट्टमाथि कुटपिट गरेको आरोपमा शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका दुबैजनामाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

यसैबीच आफ्ना नेता ईश्वरदत्त भट्टमाथि आक्रमण भएपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीका आकस्मिक बैठक बसिरहेको छ । बैठकले छानबीन टोली गठन गर्ने कोषाध्यक्ष पाण्डेयले जानकारी दिए । कुटपिट गरेको आरोपमा पक्राउ परेका नेपाली काँंग्रेससँग आवद्ध रहेका भनिएको भए पनि आफ्नो पार्टी र कुनै भातृसङ्गठनसँग ती व्यक्ति आवद्ध नरहेको कोषाध्यक्ष पाण्डेयले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस