पहिरोमा पुरिएर कालीकोटको लालीघाटमा चारको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पहिरोमा पुरिएर कालीकोटको लालीघाटमा चारको मृत्यु


प्रशासन संवाददाता

७ बैशाख २०७४, बिहिबार


कालीकोट । स्थानीय लालीघाट बजारमा बिहीवार साँझ आएको पहिरोले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–१ साबिक कुमालगाउँ गाविस–९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् ।

घटनामा सान्ने त्रिवेणी–३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए । पहिराले चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो ।

अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस