वीर अस्पतालमा आयो अक्सिजन प्लान्ट « प्रशासन
prasaLogo
३ बैशाख २०७४, आईतवार

वीर अस्पतालमा आयो अक्सिजन प्लान्ट


प्रकाशित मिति : 16 April, 2017 7:08 pm

काठमाडौँ । लामो समयको प्रयासपछि वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको छ ।

एक ठाउँबाट अन्य स्थानमा सजिलै सार्न सक्ने गरी कन्टेनरमा सबै उपकरण जडान भएको उक्त मेसिन दुई करोड ६६ लाखमा अस्पतालले खरिद गरेको हो ।

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले अन्य अस्पतालमा एक स्थानमा राखेपछि अन्यत्र सार्न नमिल्ने मेसिन भएको तर वीरमा ल्याइएको मेसिन भने आवश्यक परेमा अन्यत्र पनि सहज रुपमा सार्न मिल्ने पहिलो कन्टेनर मेसिन भएको जानकारी दिउ ।

मेसिन ल्याएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने, सेवा पनि छिटो हुने उन्ले बताए ।

वीर अस्पतालमा दैनिक करिब एक सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । त्यसका लागि प्रत्येक महिना १८ लाखसम्म खर्च हुने गरेको अस्पतालले जनाएको छ । “अब अस्पतालले आफै अक्सिजन प्लान्ट जडान गर्छ, यो प्लान्ट सुरु भएपछि वार्षिक रु एक करोडसम्म बचत हुन्छ,” निर्देशक डा. बस्नेतले भने– “यो मेसिन प्रत्येक दिन १५१ सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।”

अस्पतालमा खपत भई बाँकी रहेका अक्सिजन सिलिन्डर बिक्री गर्न पनि सकिन्छ अस्पतालका प्रमुख प्राविधिक सुनिल श्रेष्ठले भने– “अस्पतालकै अगाडि राखिएको मेसिन जडित कन्टेनरको अहिले प्राविधिक काम भइरहेकाले अबको हप्ता दिनमा यो सञ्चालनमा आउँछ ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस