निर्वाचनलाई अवसरका रुपमा लिऔँः  पूर्व राष्ट्रपति यादव « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

निर्वाचनलाई अवसरका रुपमा लिऔँः  पूर्व राष्ट्रपति यादव


३ बैशाख २०७४, आइतबार


वालिङ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले आसन्न स्थानीय तहको निर्वाचनलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा रहेको जनता माध्यमिक विद्यालयको सनिवार स्वर्ण महोत्सव स्तम्भको अनावरण तथा स्मारिकामा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा सहभागिता जनाएर संविधानको कार्यान्वयनमा लाग्न आग्रह गरे ।

“लामो समयदेखि रिक्त स्थानीय तह अबको निर्वाचनबाट पूर्ण हुनेछ,” उनले भने–“निर्वाचनलाई अवसरका रुपमा लिएर जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरी संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु आजको प्राथमिकता हो ।”

मुलुकको विकासका लागि हिमाल, पहाड र तराईका नागरिक समान भएकाले सबै एकआपसमा मिलेर अगाडि बढ्नुपर्नेमा पूर्व राष्ट्रपति यादवले जोड दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस