राष्ट्रपति भण्डारीसामू राजदूत पुरीको शिष्टाचार भेट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति भण्डारीसामू राजदूत पुरीको शिष्टाचार भेट


३१ चैत्र २०७३, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले बुधवार शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा भेट भएको सो अवसरमा २०७४ साल वैशाख ४ गतेदेखि सुरु हुने राष्ट्रपतिको मित्रराष्ट्र भारतको राजकीय भ्रमण एवम् आपसीहितका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।

यसैबीच राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूत एस डब्लु परेराले बुधवार नै शिष्टाचार भेट गरे ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस