आईजीपी नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आईजीपी नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन


प्रशासन संवाददाता

३० चैत्र २०७३, बुधबार


काठमाडौं । सर्वोच्च अदालतले आईजीपी प्रकाश अर्याललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश गर्नु नपर्ने बताएको छ ।

डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएको हो ।

सिलवालले अर्यालको नियुक्ति खारेज गर्दै आफूलाई नेपाल प्रहरीको प्रमुख बनाउन माग गरेका थिए ।
तर, सर्वोच्चले प्रधानमन्त्री कार्यालय लगायतका विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस