१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोटेश्वर–कलङ्की सडकखण्डको प्रधानमन्त्रीद्वारा स्थलगत निरीक्षण

अ+ अ-

काठमाडौँ । कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गरेका छन् ।

निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ धुलोका कारण जनजीवन प्रभावित भएको, निर्माण व्यवसायीले कार्य सम्पादनमा ध्यान नदिएको तथा स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले मंगलवार सो सडकखण्डको स्थलगत निरीक्षण गरी तत्काल निर्माण कार्य अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

व्यवस्थापिका–संसद्को सुशासन समितिको आजको बैठकमा राजधानीको सडकको अवस्था नाजुक रहेको, नागरिकले पैदल यात्रा गर्न नसक्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

सांसदले सरकारले ध्यान नदिएका कारण सडक नाजुक भएको र धुलो, धुवाँ एवम् सवारीसाधनको मनलाग्दी व्यवहार गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो सडकखण्ड चीन सरकारको सहयोगमा आठ लेनको बनाउने काम भइरहेको छ । प्रधानमन्त्रीले सडकको अवस्था सवारीसाधनको अवस्था र सडकमा रोकिएका सवारीसाधनदेखि निर्माण सामग्रीसमेत सडकमै रोकेकाप्रति गम्भीर चासो लिएका छन् । सो सडकमा जामका कारण घन्टौँसम्म नागरिकले दुःख पाउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस