बङ्लादेशका प्रधानमन्त्री भारत भ्रमणमा « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

बङ्लादेशका प्रधानमन्त्री भारत भ्रमणमा


प्रशासन संवाददाता

२५ चैत्र २०७३, शुक्रबार


नयाँदिल्ली(एजेन्सी) । बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चार दिने औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेकी छन् ।

उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली विमानस्थलमा स्वागत गरेका थिए ।

भ्रमणका क्रममा हसिनाले भारतका समकक्षी मोदी, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका उच्च राजनीतिक व्यक्तिसँग भेटबार्ता गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।

भारत र बङ्लादेशले नागरिक आणविक उर्जासम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि गर्ने तयारी भएको छ ।

भारत र बङलादेशका सहरबाट एक आपसमा आवतजावत गर्नेगरी बस र रेल सेवा सुरु गर्ने बारेमा पनि दुवै देशले तयारी गरेका छन् ।

दुई देशबीचको व्यापार बढाउने बारेमा पनि विभिन्न तहमा छलफल गर्ने तयारीका साथ हसिना चार दिने भ्रमणका लागि भारत आएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस