थाइ नरेशद्वारा नयाँ संविधान अनुमोदन « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

थाइ नरेशद्वारा नयाँ संविधान अनुमोदन


प्रशासन संवाददाता

२५ चैत्र २०७३, शुक्रबार


बैंकक(एजेन्सी)। थाइल्यान्डका नरेश माहा बजिरालोङकोर्न बोदिन्द्रदेबायाभाराङकुनले बिहीबार आयोजित विषेश समारोहमा नयाँ संविधानमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गरेर अनुमोदन गरेको संविधान उनले प्रधानमन्त्री प्रयुत चान ओचालाई सोही समारोहमा हस्तान्तरण गरेका थिए ।

हस्ताक्षर समारोहमा उच्चपदस्त सरकारी अधिकारीहरु, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत सहभागी थिए ।

नयाँ संविधानले थाइल्यान्डलाई राष्ट्रिय स्थिरता, एकता र समृद्धितर्फ लैजाने थाई नरेश बजिरालोङकोर्नले विश्वास व्यक्त गरेका छन् ।

उनी ६४ वर्षको उमेरमा केही महिनाअघि मात्रै थाइल्यान्डको राजा बनेका हुन् ।

उनका पिता, लोकप्रिय राजा ८८ वर्षीय नरेश भूमिबल अदुल्यादेजको असोज २७ गते निधन भएपछि उनले गद्दी सम्हालेका हुन् ।
महा वजिरालोङ्गकर्नलाई ’राम दशौँ’को उपाधि दिइएको छ । उनी चक्री वंशका १०औँ नरेश भएकाले उनलाई राम दशौँको उपाधि दिइएको हो । थाइल्यान्डको राजसंस्था विश्वका सम्पन्न राजसंस्थामध्येको एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस