महिला बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महिला बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ


२४ चैत्र २०७३, बिहिबार


काठमाडौँ । जिउ मास्ने बेच्ने मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०५८ पुस ९ गते फैसलाले विजय लामा भन्ने विजय कुमार तामाङ्गलाई दश वर्ष कैद हुने ठहरी फैसला गरेको थिए । उनी फरार रहेका थिए । तामाङ्गलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले सामाखुशी काठमाडौंबाट पक्राउ गरेको हो ।

२०५५ सालको कात्र्तिक महिनामा प्रतिबादी विजय कुमार तामाङ्ग समेतका ब्यक्तिहरुले पीडित महिलालाई भारतको दिल्लीबाट कपडा ल्याई काठमाडौंको बालाजुमा बिक्री गर्ने भन्ने बहाना बनाई कपडा खरिद गर्न भनी भारतको मुम्बई स्थित वेश्यालयमा पु¥याई २० हजार मूल्यमा बिक्री गरेको र पीडित महिलाले वेश्यावृत्तिका लागि आफूलाई बिक्री गरिएको थाहा पाई उक्त वेश्यालयबाट भागी नेपाल आएर प्रहरीमा दिएको जाहेरी दरखास्त अनुसार भएको अनुसन्धान पछी काठमाडौं जिल्ला अदालतले फैसला गरेको थियो ।

तामाङ्गलाई बिहीबार फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस